नियम ५०
मनोनयन गर्दा प्राथमिकता दिनु पर्ने
(१) विदेशमा अध्ययन, तालीम वा अध्ययन भ्रमणको निमित्त निजामती कर्मचारीको मनोनयन
गर्दा नियम ४९ को अधीनमा रही देहाय बमोजिम मनोनयन गर्नु पर्नेछ ः-
(क) वैदेशिक अध्ययन गर्ने, तालीम लिने वा अध्ययन भ्रमण गर्न पहिले मौका नपाएको निजामती कर्मचारीलाई,
(ख) सबै निजामती कर्मचारीहरुले पहिले मौका पाई सकेको भएमा यसरी अध्ययन, तालीम वा अध्ययन भ्रमण पूरा गरी सकेपछि सम्बन्धित निकायमा सबै भन्दा बढी समय व्यतित गरेको निजामती कर्मचारीलाई,
(ग) खण्ड (क) र (ख) बमोजिम मनोनयनका लागि क्रम निर्धारण हुन नसकेमा एउटै पदमा सबै भन्दा बढी सेवा अवधि भएको निजामती कर्मचारीलाई ।
तर कुनै खास योग्यता र उमेर नै आवश्यक पर्ने भनी उल्लेख भई आएको विषयमा त्यस्तो योग्यता र उमेर हुने निजामती कर्मचारीको बीचमा मात्र खण्ड (क) र (ख) अनुरुप मनोनयन गर्नु पर्नेछ ।
(२) नेपाल सरकारले मनोनयन गर्नु पर्ने तालीम वा अध्ययन भ्रमणमा भाग लिन कुनै निजामती कर्मचारीको नाममा आमन्त्रण
आए पनि सम्बन्धित निकायले उपनियम (१) अनुरुप नै मनोनयन गर्नु पर्नेछ ।
तर आयोजना विशेषसंग सम्बन्धित सिटको लागि सोही आयोजनाभित्रबाट उपनियम (१) बमोजिम मनोनयन गर्न सकिनेछ ।
(३) यस नियमावलीमा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि आफुले कार्यरत सेवा, समूह वा उपसमूहको लागि उपयोगी र
आवश्यक हुने विषयमा विभिन्न मुलुक वा नेपाल सदस्य रहेका अन्तर्राष्ट्रिय संस्थाबाट छात्रवृत्ति प्राप्त गर्ने गरी नेपाल सरकारको पूर्व
स्वीकृति लिई विश्वव्यापी प्रतिस्पर्धामा छनौट भई विदेशमा अध्ययन वा तालीममा सहभागि हुने अवसर पाएका निजामती कर्मचारीलाई
समेत अध्ययन वा तालीमका लागि मनोनयन गरिनेछ ।